|

काठमाडौं : फागुनसम्ममा प्रदेशसभामा एक सय १० मन्त्री हुने भएका छन्। प्रदेशमा सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन मिल्पने संवैधानिक व्यवस्था छ।संविधानले प्रदेशसभाको अन्तिम परिणाम आएको बढीमा ३० दिनभित्र सरकार बनाइसक्नुपर्ने व्यवस्था गरेको छ। यस आधारमा पनि फागुन ३ गतेसम्म सबै प्रदेशमा सरकार बनिसक्नुपर्नेछ।

सरकारले प्रदेशप्रमुख र अस्थायी राजधानी तोकेकै दिन निर्वाचन आयोगले पनि माघ ३ गते प्रदेशससभाका समानुपातिक सांसदको परिणाम घोषणा गरेको थियो। आयोगले माघ ५ गते समानुपातिक सांसदलाई आफ्नै कार्यालयमा प्रमाणपत्र वितरण गरेको थियो।

प्रत्येक निर्वाचन क्षेत्रबाट दुई जना निर्वाचत र नेपाललाई एउटा निर्वाचन क्षेत्र मानेर आउने सबै पार्टीका समानुपातिक तीन सय ३० गरी सात प्रदेशमा पाँच सय ५० सांसद रहेका छन्। यसको २० प्रतिशत एक सय १० जना हुन्छ। एक नम्बर प्रदेशमा ९३, दुईमा एक सय सात, तीनमा एक सय १०, चारमा ६०, पाँचमा ८७, ६ मा ४० र सात नम्बर प्रदेशमा ५३सांसद् छन्। 

एक नम्बर प्रदेशमा बढीमा १९, दुईमा २१, तीनमा २२, चारमा १२, पाँचमा १७, ६ मा आठ र सात नम्बर प्रदेशमा ११ जना मन्त्री बन्नेछन्। कुनै पनि प्रदेशमा कांग्रेसले सरकार बनाउनेगरी मत ल्याएको छैन। प्रदेश एक र तीन मा एमालको बहुमत छ। माओवादी एकलैले कुनै पनि प्रदेशमा बहुमत ल्याएको छैन।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.