|

कालिकोट : जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका–९ मुम्रामा सुत्केरी आमा र शिशु दुवैको मृत्यु भएको छ। नरहरिनाथ गाउँपालिकाको रूप्सा घर भएकी १८ वर्षीया जौमा बुढा सहकारीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो।

मुम्रास्थित माइती घर आएको बेला प्रसूति व्यथा लागेर बिहीबार राति माइतीघरमै बच्चा जन्माएकी सहकारीको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल अलीले बताए। उनले भने, ‘बच्चाको मृत्यु भइसकेपछि अत्यधिक रक्तश्राव भएर शुक्रबार बिहान आमाको पनि मृत्यु भएको हो।’

परिपक्व नहुँदै गर्भवती भएकाले ज्यान गएको स्थानीय अर्जुन बुढाले बताए। ‘राति स्वास्थ्य चौकीमा कोही नहुने भएकाले सुडेनीको सहयोगमा घरमै सुत्केरी गराइएको थियो।’ उनले भने, ‘घरमा नै उनको मृत्यु भएको हो।’

कालिकोटमा यस वर्षको बैशाखयता ६ जना महिलाले प्रसूतिका क्रममा मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.