एमाले अध्यक्ष ओलीको क्षेत्रमा मात्र करिव ४ करोड

|

भद्रपुर (झापा) : तीन तहको निर्वाचन सम्पन्न गराउन झापामा २७ करोड ५९ लाख २३ हजार ३ सय ९१ रुपैयाँ ८४ पैसा रकम खर्च भएको छ। स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा गरी तीनै तहमा जनशक्ति परिचालन, बुथ निर्माण, ढुवानी, कर्मचारीको पारिश्रमिक, कार्यालय सञ्चालन, मतदाता शिक्षा, तालिम, कर्मचारी प्रशिक्षणलगायतमा  उक्त रकम खर्च भएको हो।

गत जेठ १४ सम्पन्न स्थानीय तहको चुनावका लागि १२ करोड २८ लाख ३८ हजार एक सय ७० रुपैयाँ ६९ पैसा खर्च भएको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए। यस्तै, मंसिर २१ गते भएको प्रदेश तथा प्रतिनिनिसभामा १५ करोड ३० लाख ८५ हजार २ सय २० रुपैयाँ ७९ पैसा खर्च भएको छ। 

कुन क्षेत्रमा कति खर्च?

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन सम्पन्न गराउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र नं. पाँचमा ३ करोड ८६ लाख १५ हजार ५ सय ४० रुपैयाँ ३६ पैसा खर्च भएको छ। 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र माओवादी केन्द्रका नेता सुरेन्द्रकुमार कार्कीको निर्वाचन क्षेत्र नम्बर १ मा २ करोड १४ लाख ७१ हजार ४ सय ३ रुपैयाँ ६२ पैसा, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र नम्बर ३ मा २ करोड ५९ लाख ५१ हजार ३१ रुपैयाँ ९९ पैसा खर्च भएको कार्यालयले जनाएको छ। यस्तै, क्षेत्र नम्बर २ मा २ करोड ३८ लाख २ हजार २९ रुपैयाँ ६ पैसा र क्षेत्र नम्बर ४ मा २ करोड ४३ लाख १५ हजार ५ सय रुपैयाँ खर्च भएको छ।

कुन तहमा कति खर्च?

स्थानीय तह निर्वाचन सम्पन्न गराउन मुख्य निर्वाचनको कार्यालयले भद्रपुर नगरपालिका क्षेत्रमा ५ करोड ६१ लाख २८ हजार ९ सय ६० रुपैयाँ खर्च गरेको थियो। त्यस्तै, अर्जुनधारा नगरपालिकामा २४ लाख ४० हजार तीन रुपैयाँ, कचनकवल गाउँपालिकामा २१ लाख ६६ हजार ७ सय ४९ रुपैयाँ खर्च भएको छ।

यस्तै, कमल गाउँपालिकामा १८ लाख १५ हजार सात सय ५४ रुपैयाँ, गौरादहमा २२ लाख ८८ हजार ५ सय १५ रुपैयाँ ५८ पैसा, गौरीगञ्जमा १९ लाख ६३ हजार ५० रुपैयाँ, बाह्रदशीमा १६ लाख ५३ हजार ७ सय ५६ भएको निर्वाचन कार्यालयले जनाएको छ। 

बुद्धशान्ति गाउँपालिकामा १९ लाख ६ हजार तीन सय १८ रुपैयाँ ५६ पैसा, मेचीनगर नगरपालिकामा ३१ लाख ३८ हजार ७ सय ६२ रुपैयाँ ५७ रुपैयाँ खर्च भएको छ। त्यसैगरी बिर्तामोड नगरपालिकामा २८ लाख १७ हजार ९ सय, शिवसताक्षीमा २९ लाख ४० हजार, कनकाईमा २२ लाख २ हजार ९ सय ९५, झापा गाउँपालिकाले १५ लाख ७४ हजार ६ सय ८८ रुपैयाँ ५४ पैसा, दमक नगरपालिकाले ३० लाख २५ हजार र हल्दिवारी गाउँपालिकाले लागि १९ लाख ९ हजार ७ सय रुपैयाँ खर्च गरेको निर्वाचन कार्यालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.