अर्थ

यी हुन् एनटिसीको ३२ अर्ब रुपैयाँको व्यापार गर्ने १२ कम्पनी
SHARES

कसले गरे कतिको व्यापार?

माघ २२, २०७४

    काठमाडौं : नेपाल सरकारको स्वामित्व रहेको दूरसञ्‍चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमबाट १२ कम्पनीले एक वर्षमा झण्डै ३२ अर्ब रुपैयाँ बराबरको व्यापार गरेका छन्।

    एनटिसीको तथ्यांक अनुसार विभिन्न सेवा मार्फत १२ वटा कम्पनीसँग मात्रै ३१ अर्ब ७९ करोड ७० हजार ७ सय रुपैयाँ बराबरको व्यापार भएको हो।

    जसमा एकीकृत कारोबार अर्थात नेपाल टेलिकमका सबै किसिमका सेवा उपलव्ध गराउने १२ कम्पनीले २५ अर्ब ९० हरोड ९३ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको कारोबार गरेका छन्। त्यस्तै चार कम्पनीले छुट्टाछुट्टै सेवाबाट ५ अर्ब ८८ करोड ५१ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गरेका हुन्।

    एकीकृत कारोबार गर्ने ८ र छुट्टाछुट्टै कारोबार गरेर धेरै कारोबार गर्ने ४ कम्पनीलाई नेपाल टेलिकमले सोमबार सम्मान गरेको छ। एम्पोस तथा सोप एक्सनल (रिचार्ड नगरी कारोबार) सबैभन्दा बढी कारोबार गर्नेमा एफ वान सफ्ट इन्टरनेसनल प्रालि छ। उसले ३ अर्ब २५ करोड ६३ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ।

    सबैभन्दा धेरै कारोबार गर्ने १२ कम्पनी

    कम्पनी

    कारोबार रकम रुपैयाँमा

    एफ वान सफ्ट इन्टरनेशनल प्रालि

    ३ अर्ब २५ करोड ६३ लाख ५३ हजार

    ग्यालेक्सी इन्टरनेसनल ट्रेड सेन्टर प्रालि

    २ अर्ब १५ करोड ४१ लाख ६० हजार १००

    गोल्ड माइन विजेनेश ग्रुप प्रालि

    १ अर्ब ९७ करोड ६२ लाख

    कन्टिनेन्टल मार्केटिङ प्रालि

    १ अर्ब ८४ करोड ८२ लाख

    रिकार्ड कन्सन प्रालि

    १ अर्ब ४६ करोड ३२ लाख ३८ हजार ५सय

    सक्सेस युनाइटेड प्राइभेट लिमिटेड

    १ अर्ब ३१ करोड १५ लाख 

    सनलाइट मल्टिप्रपोज प्रालि

    १ अर्ब ३१ करोड ३ लाख

    टफ टाइम ट्रेडिङ प्रालि  रुपैयाँ

    १ अर्ब ३० करोड ७५ लाख ४४ हजार ४५०

    हारती कम्प्युटर सर्भिस प्रालि

    १ अर्ब २५ करोड २५ लाख

    पे पोइन्ट नेपाल प्रालि

    १ अर्ब १२ करोड ५१ लाख

    इलेक्ट्रोनिक सिस्टम प्रालि

    ९९ करोड ५२ लाख

    कन्टिनेन्टल मार्केटिङ प्रालि

    ५० करोड ५ लाख

भागवत भट्टराई

भागवत भट्टराई आर्थिक र समसामायिक विषयमा रिपोर्टिङ गर्छन्। 

@BhagwatBhattrai

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]