|

काठमाडौं : सदाबहार नायकको उपमा पाएका नायक हुन्, भुवन केसी। धेरै सफल फिल्ममा अभिनय गरिसकेका भुवनलाई नचिन्ने दर्शक कमै होलान्। भुवनले 'कुसुमे रुमाल', 'साइनो', 'तिलहरी', 'बादलपारि', 'सम्झना' जस्ता सफल फिल्ममा काम गरिसकेका छन्।

उनले आफ्नो परिचयलाई अझ फराकिलो बनाउँदै लगेका छन्। उनी फिल्मका कलाकार मात्र नभएर निर्माता तथा निर्देशक पनि हुन्। 'सुपर काजल फिल्म्स'को व्यानरबाट उनले धेरै फिल्म निर्माण गरिसकेका छन्। त्यस्तै उनले फिल्म 'ड्रिम्स' निर्देशनसमेत गरेका छन्।

भुवनको जुँगा पनि चर्चाको विषय हो। धेरै दर्शकले उनको जुँगालाई रुचाएका छन्। उनी जुँगालाई आफ्नो पहिचान मान्छन्। भन्छन्, 'जुँगा मेरो पहिचान हो। यदि मैले यो जुँगा काटेँ भने त मलाई दर्शकले चिन्नुहुन्न होला।'

भुवनको जुँगा पनि चर्चाको विषय हो। धेरै दर्शकले उनको जुँगालाई रुचाएका छन्। उनी जुँगालाई आफ्नो पहिचान मान्छन्। भन्छन्, 'जुँगा मेरो पहिचान हो। यदि मैले यो जुँगा काटेँ भने त मलाई दर्शकले चिन्नुहुन्न होला।'

भुवनले आफ्नो जुँगा आएपछि आजसम्म काटेका छैनन्। सुरुवाती दिनमा पाल्ने रहरले पाले। साथीहरूले जुँगा सुहाएको प्रतिक्रिया दिएपछि भुवनलाई पनि हो जस्तै लाग्यो रे! भन्छन्, 'साथीहरूले दिएको प्रतिक्रियापछि ऐना हेरेँ, साँच्चिकै जुँगा सुहाएको जस्तो लाग्यो अनि काटिनँ।'

४ वा ५ दिनमा कैँचीको प्रयोग गरी जुँगा छोट्याउँछन् भुवन। लामो जुँगा पनि मन नपर्ने भएकाले पनि उनी छिट्टै कैँची प्रयोग गर्ने बताउँछन्।

जिन्दगीभर जुँगा नकाट्ने सोच भुवनमा छ। 'आजसम्म म आफैँले पनि जुँगा काटेको मलाई देखेको छैन', भन्छन्, 'जुँगा काट्ने हो भने मलाई सुहाउँदैन होला।'

यदि कुनै फिल्मको क्यारेक्टरका लागि काट्नुपरेमा मात्र जुँगा काट्ने नत्र जिन्दगीभर नकाट्ने भुवनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.