|

सुनसरी : नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लब सुनसरीको धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। दुई दिनअघि मात्र  आहारारा गोल्डकपको उपाधि जितेको पुलिसले काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

प्रस्तावित क्षेत्रीय रंगशाला धरानमा सोमबार भएको खेलमा पुलिसले १९औँ मिनेटमा आत्माघाती गोल उपहार पायो। झापाका बिकेश थुलुङले आत्माघाती गोल गरे। आत्माघाती गोल उपहार पाएसँगै पहिलो हाफमा १–० ले अग्रता लिएको पुलिसले दोस्रो हाफको ६३औँ मिनेटमा दोस्रो गोल थप्यो। खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर पाए पनि गोल गर्नबाट चुकेका थिए। 

खेलको म्यान अफ द म्याच सुमन लामाले रवि पासवानले दिएको पासलाइ गोलमा परिणत गरे। मंगलबारको अन्तिम क्वाटर फाइनल खेल थ्री स्टार र सुदूरपश्चिम ११ बीच हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.