|

काठमाडौंः सरकारले नेपाली वायुसेवा कम्पनीका लागि अन्तर्राष्ट्रिय उडानको लाइसेन्स खोल्ने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वर्षपछि यस्तो लाइसेन्स खोल्ने तयारी गरेको हो। ०६६ यता लाइसेन्सका लागि सरकारले आवेदन मागेको छैन्। 

सरकारले अन्तर्राष्ट्रिय उडान अनुमति जारी गर्न आवश्यक सर्त तथा नियमावली (टीओआर) को संशोधन प्रक्रिया समेत अगाडि बढाएको छ।  प्रत्येक ३ वर्षमा संशोधन गर्न भनिए पनि ०६६ यता पहिलोपल्ट संशोधन गर्न लागिएको हो। मन्त्रालयले तयार पार्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेपछि मात्रै टीओआर कार्यान्वयनमा आउनेछ। 

‘सर्त तथा नियमावली संशोधन ३ वर्षमा गर्नुपर्ने भए पनि हालसम्म नभएकाले संशोधनका लागि प्रक्रिया अडाडि बढाएका छौं,’ मन्त्रालयका हवाई महाशाखा हेर्ने सहसचिव सुरेश आचार्यले भने। संशोधन पश्चात सार्वजनिक सूचनामार्फत आवेदन खुला गर्न लागेको आचार्यले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.