|

काठमाडौं: संघीय सरकारले स्थानीय सरकार सञ्चालनका लागि ३६ हजार ६ सय २९ जना कर्मचारीको अस्थायी दरबन्दीको लागि प्रताव तयार गरेको छ। मन्त्रालयले स्थानीय तहबाट प्राप्त सुझाब,  विज्ञहरुसँगको छलफल र कामको चापलाई समेत विश्लेषण गर्दै तयार पारेका प्रतिवेदनमा कुल ७ सय ५३ स्थानीय तहका लागि सो संख्यामा अस्थायी दरबन्दी तयार पारेको हो । 

अहिले स्थानीय तहमा १७ हजार २ सय नौ जना कर्मचारी कार्यरत रहेको स्थानीय विकास मन्त्रालयसँग तथ्याँंक रहेको छ। नयाँ प्रस्ताव अनुसार २ हजार सम्म जनसंख्या भएका २ सय २४ गाँउपालिकामा ६ हजार ५ सय ५६ कर्मचारी त्यस्तै २० हजार बढी जनसंख्या भएका २ सय ३६ गाँउपालिकामा ८ हजार ९ सय ७० कर्मचारीको प्रस्ताव भएको मन्त्रालयले जनाएको छ।

१ लाख जनसंख्या भएका २ सय ७० नगरपालिकामा १६ हजार २ सय ५४ कर्मचारीको माग हुँदा उपमहानगगरपालिका र लाख बढी भएको १७ नगरपाललिकामा २ हजार ७ सय २० कर्मचारीको माग भएको छ। त्यस्तै संघीय राजधानीबाहेकका ५ महानगरपालिकमा १ हजार ५ सय ६९ कर्मचारीको माग भएको छ भने काठमाडौं महानगरपालिकामा ३ सय ६० कर्मचारीको मागको प्रस्ताव आएको मन्त्रालयले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.