|

सुनसरी : धरानमा जारी बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको अन्तिम क्वाटरफाइनलमा मंगलबार सुदूरपश्चिम–११ र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुँदैछ। खेल दिउँसो तीन बजे प्रस्तावित क्षेत्रीय रंगशालामा हुने आयोजकले जनाएको छ।

सुननसरीको इटहरीमा भर्खरै सम्पन्न मदन भण्डारी इटहरी गोल्डकपका विजेता थ्रीस्टार उच्च मनोबलका साथ मैदानमा उत्रँदैछ भने सुदूरपश्चिम–११ थ्रीस्टारलाई पहिलो खेलबाटै पाखा लगाउने दाउमा छ। यी दुई टिमबीचको विजेताले बिहीबार हुने दोस्रो सेमिफाइनलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कोलकत्तासँग भिड्नेछ।

शनिबारसम्म चल्ने प्रतियोगितामा एक पाहुना टोलीसहित आठ वटा टिम सहभागी छन्। विजेता टिमले सात लाख नगदसहित ट्रफी हात पर्नेछ भने उपविजेताले तीन लाख ५० हजारमा चित्त बुझाउनु पर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.