|

हुम्ला : मंगलबार बिहानैदेखि हुम्लामा फेरि हिमपात भएको छ। बिहान चार बजेदेखि जिल्लाका उत्तरी क्षेत्रका लिमी, मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोटलगायतका गाउँमा हिमपात भएको छ। यही सिजनमा तेस्रो पटक हिमपात भएको हो।

यस वर्ष ढिलो हिउँ परेको थियो। तर, छोटाे समयमै तीन पटक हिमपात भएपछि किसानमा खुसी छाएको छ। हिमपातपछि बाली सप्रिने भएकाले किसान खुसी भएका हुन्। 

हिमपातसँगै चिसो बढेकाले नागरिकलाई घरबाहिर निस्कन समस्या परेको छ। चिसोबाट बच्न सरकारी तथा गैरसरकारी कार्यालय, सिमकोट बजार क्षेत्रमा रहेका पसल र गाउँमा हिटर तथा आगो तापिरहेको सिमकोट गाउँपालिका–४ का वडा अध्यक्ष छविचन्द्र लामाले बताए।

हिमपातका कारण यहाँको विमास्थलमा हवाई सेवा अवरुद्ध भएको छ। यस क्षेत्रमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिए।

हिमपातले एसईई परीक्षाका तयारीमा रहेका विद्यार्थी समेत प्रभावित भएका छन्। चिसोका कारण विद्यालयमा कक्षा सञ्चालन गर्न समस्या भएको मानसरवर माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.