|

भक्तपुर : भक्तपुरमा तीन सातायता तीनवटा जबरजस्तीकरणीका घटना भएका छन्। ती घटनामा ५ वर्षीया बालिकादेखि ४५ वर्षीय बयस्क महिलासमेत पीडित भएका छन। प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-८ स्थित श्री इँटाभट्टामा भएको जबरजस्तीकरणीको घटनामा ४५ वर्षीया महिला पीडित भएको हुन्।

गत शनिबार राति सुर्खेत गुर्बाकोट नपा–९, भुल्के घर भई हाल चानपा-८ श्री इँटाभट्टामा काम गर्ने वर्ष ३८ को कर्ण बहादुर पुन मगरले ४५ वर्षीया महिलालाई जबरजस्तीकरणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईंले बताए। पीडित महिलाको उजुरीका आधारमा मगरलाई पक्राउ गरी कानुनबमोजिम म्याद थप गरी कारबाही अघि बढाइएको प्रहरी नायव उपरीक्षक प्रसाईंले जानकारी दिए।

त्यसैगरी, प्रहरीले पाँच वर्षीया बालिकालाई जबरजस्ती करणीगरेको अभियोगमा ललितपुर महानगरपालिका २२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने १८ वर्षीय वसन्त तामाङलाई पक्राउ गरेको छ।

तामाङले गत ३० पुस दिउँसो बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने पीडितका अभिभावकको उजुरीका आधारमा उनलाई आइतबार पक्राउ गरेको प्रनाउ प्रसाईंले जानकारी दिए। तामाङलाई कानुनबमोजिम मुघा प्रत्रिया अगाडि बढाइएको प्रनाउ प्रसाईंले बताए।

त्यस्तै, चाँगुनारायण नगरपालिका–९, ताथलीमा १६ वर्षीया किशोरी जबरजस्तीकरणीको सिकार बनेकी छिन्। गत शुक्रबार राति दाङ बबई गाउँपालिका–३, हंसपुर घर भई हाल चानपा–९ ताथली बस्ने वर्ष २० को सुरेश घर्ती मगरले १६ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको प्रनाउ प्रसाईंले बताए। उक्त घटनामा पनि पीडित बालिकाको उजुरीको आधारमा सुरेशलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.