पाँचौँ संस्करण भने निर्धारित समयमै गरिने

|
फाइल फोटो : thahakhabar

इलाम : पूर्वी पहाडको सर्वाधिक पुरस्कार राशिको  माईभ्याली गोल्डकपको चौथो संस्करणा ६ वैशाख ०७५ बाट हुने भएको छ। आयोजक माईभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले १४ चैतबाट प्रतियोगिता आयोजनाको तयारी  गरेका थिए।

तर, १४ चैतबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ वैशाख ६ गतेबाट १५ गतेसम्म सञ्‍चालन गर्नका लागि एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नुपरेको माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए। उनले भने ‘चैत्र १४ गतेबाट प्रतियोगिताको सबै कार्यक्रम तयार गरी माघ १२ गते एन्फामा बुझाएका थियौँ।

तर, एन्फाको निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियल लगायत सबै सहभागी हुने भएकाले बाध्य भएका खेलको मिति सार्नु परेको हो।’ यसअघि पहिलो संस्करण र दोस्रो संस्करण माघमा सञ्चालन भएकोमा तेस्रो संस्करण खेलमैदान स्तरोन्नति र मौसमका कारण चैत्र १७ गतेबाट सञ्चालनमा आएको थियो।

चौथो संस्करणको लागि पुरस्कार राशि बढाउँदै विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख रूपैयाँ  दिने लक्ष्य राखिएको चेम्जोङले बताए। तेस्रो संस्करण बिजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गरेको थियो। गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै सञ्‍चालन गर्ने आयोजक समितिले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.