|

पर्वत : पर्वतको मोदी खोलामा रहेको युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक बर्षको पहिलो ६ महिनामा ५ करोड ४९ लाख खुद नाफा कमाएको छ।

कम्पनीको यो आम्दानी गत वर्षको सोही अवधिको तुलनामा ७४ दशमलव ९० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही समयमा हाइड्रोपावरले ३ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यो अवधिमा कम्पनीले बिद्युत विक्रीबाट १६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव २५ प्रतिशतले बढी हो। गत वर्षको अघिल्लो ६ महिनामा हाइड्रोपावरले १४ करोड ९७ लाख रुपैयाँ मात्र आम्दानी गर्न सकेको थियो।

गत आर्थिक वर्षको मुनाफाबाट ५ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको युनाइटेडको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ७८ पैसा छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ५ रुपैयाँ २० पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य १ सय ९७ रुपैयाँ १० पैसा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.