|

सुनसरी : सुदूरपश्चिम–११ लाई पराजित गर्दै थ्री स्टार क्लब धरानमा जारी बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धरानस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सुदूरपश्चिम ११ लाई ४–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलमा ७औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए। सुनिल बलले दिएको पासलाई खड्काले गोलमा परिणत गरेका थिए। पहिलो हाफको ३७औँ मिनेटमा सुनिल बलले थ्री स्टारका लागि दोसो गोल गरे। उनले किपर बिट भएको अवस्थामा निराजन खड्काले दिएको पासलाई सहजै गोलमा परिणत गरे। 

४४औँ मिनेटमा थ्री स्टारका विदेशी खेलाडी अजय मार्टिन वान भर्सेज वानमा गोल गर्न चुके। पहिलो हाफमा सुुदूरपश्चिमले गोल गर्ने राम्रो अवसर पाए पनि थ्री स्टारका डिफेण्डर अनन्त तामाङ र गोलकिपर एलएन न्यौपाने बाधक बने।पहिलो हाफमा २–० ले अग्रता कायम गरेको थ्री स्टार दोस्रो हाफमा पनि सुदूरपश्चिममाथि हावी भयो र थप २ गोल गर्यो। दुबै गोल म्यान अफ द म्याच निराजन खड्काले गरे। खड्काले खेलको ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ४ मिनेटको इञ्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टीमा गोल गरेर बुढासुब्बा गोल्डकपको २०औँ संस्करणमा पहिलो ह्याटिक गर्ने खेलाडी बने। बुधबारको पहिलो सेमिफाइनल खेल बुढासुब्बा गोल्डकपको साविक विजेता नेपाल पुलिस क्लब र साविक उपविजेता संकटाबीच हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.