|

कास्की : बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश ४ मा सम्पूर्ण तयारी पूरा भएको छ। 

बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि १ र प्रदेशसभा सदस्यका लागि १ गरी २ वटा मतदान केन्द्र निर्धारण गरिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। 

सुवेदीका अनुसार राष्ट्रियसभा निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना मतदाता छन् भने प्रदेशसभा सदस्य ६० जना मतदाता छन्। 

दुवै मतदान केन्द्रका लागि आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन कार्य भइसकेको प्रमुख सुवेदीले जानकारी दिए। मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगतै मत गणना सुरु हुने कार्यतालिका रहेको उनको भनाइ छ। 

यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कुल ८ (खुला– ३, महिला– ३, दलित र अपांगबाट १/१) रहेकामा अपांगतातर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.