|

कञ्चनपुर :  शुक्लाफाटा–४ असैनामा पाँच दिनदेखि अचेत अवस्थामा रहेका अन्दाजी ६० वर्षका भारतीय वृद्धको उद्धार गरिएको छ। असैना गाउँको अछामी टोल पिपल चौतारा नजिकको बाँझो काठको घरको भुइँतलामुनि अचेत अवस्थमा रहेका बेवारिसे वृद्धको प्रहरीको सहयोगमा बुधबार उद्धार गरिएको हो।

स्थानीय वासिन्दाले भारतीय भाषा बोल्ने वृद्ध पाँच दिनदेखि घरको भुइँतलामुनि अचेत अवस्थामा रहेको प्रहरीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी नायव निरिक्षक मणि भट्टको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी उपचारका लागि महाकाली अञ्चल अस्पतालमा भर्ना गराएको छ। वृद्ध कुन ठाउँका हुन् र  कसरी अचेत भए भन्नेबारे अनुसन्धान गरिरहेको प्रहरी नायव निरिक्षक भट्टले बताए। वृद्धको अवस्था चिन्ताजनक रहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.