|

अछाम : एक महिनादेखि हराइरहेका अछामको पन्चदेवल विनायक नगरपालिका-२ का कमल चलाउने मंगलबार मृत अवस्थामा फेलापरेका छन्। मंगलबार मंगलसेन नगरपालिका ७ स्थित धु्रवलोचनी सामुदायिक वनमा उनी मृत अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ।

भारतबाट रोजगारी गरेर घर फर्किंदै गरेका ३४ वर्षीय चलाउने ३० पुसमा बिहानदेखि बेखबर रहेका थिए। आफन्तले ८ माघमा इलाका प्रहरी कार्यालय विनायकमा खोजीका लागि निवेदन दिएसँगै खोजी कार्य तीव्र बनाएको थियो।

२ वर्षदेखि भारतमा रोजगारी गरेर फर्किएका चलाउनेले ३० पुस बिहान आफू धनगढीबाट हिँडेको भनेर फोन गरेदेखि सम्पर्कविहीन भएको उनका भतिजा डम्बर चलाउनेले जानकारी दिए। धनगढीबाट अछामसम्म १ दिनको बाटो हो। शवको जिल्ला अस्पताल अछाममा पोष्टमाटमपछि आफन्तको जिम्मा लगाइएको जिल्ल प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.