|

कास्की : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश ४ को पोखरामा मतदान सुरु भएको छ।

बिहान १० बजे सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा सुरु भएको निर्वाचनमा स्थानीय तहका प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख-उपप्रमुख वा अध्यक्ष-उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना रहनुभएको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

मतदान सकिएर निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना सुरु गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए। यस प्रदेशबाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक-एक जना) रहेकामा अपाङ्ग तर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।

प्रदेशसभाका सदस्यभन्दा स्थानीय तहको संख्या बढी भएका कारण उनीहरूको बेग्लाबेग्लै लाइन रहेको छ। बिहान ९ बजेदेखि नै निकै उत्साहका साथ मतदाता लामबद्ध छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.