|

कालिकोट : कर्णाली राजमार्गको तिलानदीमा रहेको बेलिब्रिज जीर्ण अवस्थामा पुगेको छ। १४ वर्षअघि निर्माण गरिएको बेलिब्रिज मर्मत सम्भार नहुँदा जीर्ण अवस्थामा पुगेको हो।

कालिकोटको खाँडाचक्र नगरपालिका र कालिका गाउँपालिकाबीलाई जोड्ने तिलानदीको सेरिघाटमा रहेको बेलिब्रिजको भारवहन क्षमता २४ टन रहेको छ। तर, त्योभन्दा बढी भार भएका मालबाहक गाडी नियमित गुड्दा पुल जीर्ण बन्दै गएको नेपाल पत्रकार महासंघ कालिकोटका पूर्वअध्यक्ष कालीबहादुर मल्लले बताए। ‘पुलका फलामे किला खियाले खाएर जीर्ण अवस्थामा पुगेका छ,’ पूर्वअध्यक्ष मल्लले भने, ‘पुलमा अहिले पनि ठूल–ठूला मालबाहक गाडी नियमित चलिरहेका छन्।’

तत्कालीन शाही सरकारले ०६० सालभित्र जुम्ला सदरमुकाममा गाडी पु¥याउन आदेश दिएकाले नेपाली सेनाले तिला नदीमा पुल निर्माण गरेको थियो। निर्माणपछि मर्मत र संरक्षण नभएकाले कतिबेला भत्किन्छ भन्ने ठेगान नभएको स्थानीय पदम बिष्ट बताउँछन्। ‘संरक्षण पनि छैन। मर्मत पनि छैन्।’ उनले भने, ‘कतिबेला भत्किने हो पत्तो छैन्।’
पुलको दुवैतिरबाट वर्षात्को भलसमेत नतर्काउँदा बाढीले बगाएर ल्याएको माटोले पुल छोपिएको छ। जसका कारण पुलका किलामा खिया लागेको हो।

पुल दिनदिनै जीर्ण हुँदै गए पनि मर्मत सम्भारमा कसैको ध्यान गएको छैन। जीर्ण पुलका कारण दुर्घटना निम्तिने खतरा रहेको निर्माण व्यवसायी अजबहादुर शाही बताए। बैकल्पिक माध्यमका रुपमा निर्माण गरिएको यस्ता पुलको २० देखि २५ वर्षसम्म मात्र आयु हुने शाही बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.