|

कास्की : प्रदेश ४ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार भएको मतदान एक बजे नै सकिएको छ।

प्रदेश ४ मा एक मतदाता बाहेक सबैले मतदान गरिसकेको निर्वाचन आयोगले जानकारी दिएको छ।

बिहान १० बजे सुरु भएको मतदान १ बजे सकिएको हो।

मतदानमा मनाङबाट विजयी स्वतन्त्र प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे भने अनुपस्थित रहे। प्रहरीको फरार सूचीमा रहेका उनी शपथ ग्रहणमा पनि उपस्थित भएका थिएनन्।

कास्कीमा रहेको लोकसेवा आयोगको क्षेत्रीय कार्यालयमा मतदान भएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षका लागि र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र निर्धारण गरिएको थियो।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यस प्रदेशका स्थानीय तहमा प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष गरी १७० जना र प्रदेशसभा सदस्य ६० जना मतदाता गरी २३० जना मतदाता रहेको क्षेत्रीय निर्वाचन कार्यालय, पोखराका प्रमुख गंगालाल सुवेदीले बताए।

मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री बुझाएलगत्तै मतगणना सुरु गरिने सुवेदीले जानकारी दिए।

प्रदेश ४ बाट राष्ट्रियसभामा निर्वाचित हुने कूल आठ (खुल्ला–तीन, महिला–तीन, दलित र अपाङ्गबाट एक/एक जना) रहेकामा अपाङ्गतर्फबाट प्रकाश पन्थ निर्विरोध निर्वाचित भइसकेका छन्।

पढ्नुहोस् : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.