आचार्यलाई नै मुख्यमन्त्री बनाउनुपर्ने एमाले सचिव योगेश भट्टराईको आशय

|

विराटनगर : नेकपा एमालेले प्रदेश  १ मा संसदीय दलको नेता चयन गर्न २६ माघलाई निर्वाचन गर्ने मिति तोकेको छ। दलको नेताका लागि आकांक्षी रहेका तीनजना नेताहरूका नाममा सहमति जुट्न नसकेपछि एमालेले आन्तरिक निर्वाचन गर्ने औपचारिक निर्णय गरेको हो। यससँगै एक पक्षीय, दुई पक्षीय र त्रिपक्षीय छलफल तीव्र बनेको छ।

यस प्रदेशको मुख्यमन्त्री बन्न पहिलो दाबी एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईले गरेका थिए। प्रदेश सभाको निर्वाचन भइसकेपछि नेता राईले पटक-पटक पत्रकारसँग कुरा गर्दै आफ्नो सशक्त दाबी रहेको बताउँदै आएका छन्। कुराकानीका क्रममा उनले प्रदेश १ को भौगोलिक बनावट र जातीय अवस्थालाई ख्याल गर्दा आफू मात्रै योग्य रहेको दाबी गरे।

‘मैले नै सबैको प्रतिनिधित्व गर्न सक्छु,’ उनले भने, ‘मुख्यमन्त्रीमा मेरो सशक्त दाबी छ।’ राईले अन्य पक्षको आलोचना नगरे पनि आफू संसदीय दलको नेताका लागि हुने निर्वाचन प्रक्रियामा भाग लिने बताएका छन्।

यस प्रदेशमा एमालेका सचिव तथा प्रदेश संयोजक भीम आचार्य मुख्यमन्त्रीका लागि बलिया दाबेदार हुन्। मुख्यमन्त्रीका दाबेदार नेता भीम आचार्यले वरिष्ठताका आधारमा आफू मुख्यमन्त्री हुनुपर्ने बताउँदै आएका छन्। ‘१/२ दिन हामी सहमतिकै प्रयासमा हुनेछौँ,’ उनले भने, ‘सहमति नभए प्रक्रियाबाट संसदीय दलको नेताको निर्वाचनमा म सहभागी हुन्छु।’

एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे पनि आफू शेरधन राईभन्दा 'सिनियर' भएको र आचार्यसँगै राजनीति गरेका कारण आफूयोग्य, सक्षम रहेको बताउँछन्। ‘२६ गते ११ बजेसम्म सहमतिको प्रयास हुन्छ,’ घिमिरेले भने, ‘मेरो नाममा सहमति हुने सम्भावना छ, भएन भने म पनि निर्वाचन प्रक्रियामा सामेल हुन्छु।’

प्रदेशको मुख्यमन्त्रीमा झापाबाट एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्। ‘सर्वसम्मत चयन हुने अवस्थामा मैले मुख्यमन्त्रीमा दाबी गरेको हुँ,’ उनले भने, ‘निर्वाचन प्रक्रियामा भने म सहभागी हुन्नँ।’

खासगरी मुख्यमन्त्रीमा भीम आचार्य, शेरधन राई र जीवन घिमिरे सशक्त दाबेदारका रूपमा उभिएका छन्। यद्यपि, केहीले भने एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले नेता आचार्यलाई छेक्नका निम्ति सशक्त मन्त्रीको प्रलोभनसहित घिमिरेलाई अगाडि सारिएको कतिपयको आरोप छ। आचार्य र घिमिरे दुवैजना वरिष्ठ नेता माधव नेपाल समूहका हुन्।

वरिष्ठताका आधारमा मुख्यमन्त्री

एमाले सचिव योगेश भट्टराई प्रदेश १ को मुख्यमन्त्री विगतको परम्परा, मापदण्ड र वरिष्ठताका आधारमा हुने बताउँछन्। ‘म सचिव हुँ, मैले अध्यक्ष केपी ओली कमरेडलाई रोकेर म नै संसदीय दलको नेता हुन्छु भन्न सुहाउँदैन,’ शेरधन राईप्रति इंगित गर्दै उनले भने, ‘पार्टीको संयोजक नै संसदीय दलको नेता हुन्छ।’

प्रदेश १ मा एमालेका संयोजक भीम आचार्य हुन् भने सहसंयोजक शेरधन राई हुन्। नेता भट्टराईले १ नम्बर प्रदेशमा संयोजक र सहसंयोजकको सामूहिक प्रयासमा पार्टीलाई बहुमत ल्याउन सफल बनाएका कारण संसदीय दलको नेता छान्ने कुरामा पनि सहमति हुने बताए। उनले भने,‘संसदीय दलको नेता सर्वसम्मत बनाउने प्रयास जारी छ। पार्टीको पोलिटब्यूरो समितिको निर्णयबाट मिलेर आउन सर्कुलर जारी गरेका छौँ, सोहीअनुसार निर्णय हुन्छ भन्ने विश्वास छ।’

प्रदेश १ मा एमालेको एकल बहुमत छ। बाम गठबन्धनसहितको सरकार बनाउने तयारी गरेको एमालेको दलको नेता जो बन्छ त्यो व्यक्ति नै मुख्यमन्त्री हुनेछ। त्यसकारण अहिले नेताहरूबीचमा दलको नेता बन्न रस्साकस्सी बढेको छ।

को कुन् समूहमा ?

प्रदेशसमा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट गरी ५१ सिट जितेको छ। संसदीय दलको नेता छनोटका लागि निर्वाचन भएमा २६ मत आवश्यक पर्छ। विगतमा भएको निकटताको आधारमा प्रदेश संसदमा नेपाल समूहको भारी बहुमत छ। नेपाल समूहका २९ जना छन् भने ओली समूहका २० जना छन्। २ जनाको समूहगत आबद्धता स्पष्ट हुन सकेको छैन।

यद्यपि, नेपाल समूहका सबै सांसदले नेता आचार्यलाई मत नदिने ओली समूहको दाबी छ। अर्कोतिर नेपाल समूहका कतिपयले गुट परिवर्तनको तयारी गरिरहेको चर्चा पनि छ। नेपाल समूहकै जीवन घिमिरेले मुख्यमन्त्रीको दाबी गरिरहेको वेला सोही समूहमा रहेका मोरङका राजकुमार ओझा, लीलावल्लभ अधिकारीसहित केही सांसदले पनि आचार्यलाई सहजै समर्थन नगर्ने देखिन्छ। त्यसबाहेक घिमिरेले अन्य कति मत प्रभावित गर्न सक्छन् भन्ने विषय भने स्पष्ट छैन। नेता घिमिरेको समर्थन जसलाई भयो उसैको पल्लाभारी हुने निश्चित छ।

नेपाल समूह

१. राजेन्द्र राई - भोजपुर

२. तुलसी न्यौपाने - संखुवासभा

३. बलबहादुर साम्सुहाङ - ताप्लेजुङ

४. गणेश काम्बाङ - पाँचथर

५. राजन राई - खोटाङ

६. खिना लिम्बू - इलाम

७. रामबहादुर मगर - इलाम

८. लक्ष्मण तिवारी - तेह्रथुम

९. निरन राई - धनकुटा

१०. उपेन्द्र घिमिरे - मोरङ

११. लिलाबल्लभब अधिकारी - मोरङ

१२. राजकुमार ओझा - मोरङ

१३. जीवन घिमिरे - मोरङ

१४. कला घले - उदयपुर

१५. गोपाल बुढाथोकी - झापा

१६. विर्खराज प्रधान - झापा

१७. हिराबहादुर थापा - झापा

१८. भीम आचार्य - सुनसरी

१९. प्रदीप भण्डारी - सुनसरी

२०. जसमाया गजमेर 'विश्वकर्मा'

२१. सावित्री जोशी

२२. उषाकला राई

२३. कृष्णकुमारी राई

२४. पदमकुमारी गुरुङ

२५. होमकुमारी साँवा

२६. यशोदा अधिकारी

२७. सरिता थापा

२८. सावित्राकुमारी रेग्मी

२९. सुनिताकुमारी चौधरी

ओली समूह

१. शेरधन राई - भोजपुर

२. तेजमान कन्दंवा - तेह्रथुम

३. उत्तमकुमार बस्नेत - सोलुखुम्बु

४. बुद्धिकुमार राजभण्डारी - सोलुखुम्बु

५.अम्बिरबाबु गुरुङ - ओखलढुंगा

६. इन्द्रमणी पराजुली - धनकुटा

७. ज्ञानेश्वर राजवंशी - मोरङ

८. विमल कार्की - उदयपुर

९. हिक्मत कार्की - झापा

१०. अर्जुन राई - झापा

११. श्रीप्रसाद मैनाली - झापा

१२. एकराज कार्की - झापा

१३. बसन्त बानिया - झापा

१४. सर्वध्वज साँवा - सुनसरी

१५. निलम बस्नेत - सुनसरी

१६. जगदिश कुसियत - सुनसरी

१७. काजिमान कागते - इलाम

१८. विनादेवी राई

१९. आशारत्न जबेगु

२०. अम्बिका थापा

तटस्थ समूह

१. गुलेफुन मियाँ

२. वसन्ती देवी यादव

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.