|

डोटी : राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश  ७ मा भएको निर्वाचन सकिएको छ।  स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शतप्रतिशत मतदान गरेका छन् भने प्रदेश सभाका ५१ जनाले मतदान गरेका छन्।  स्थानीय तहका १ सय ७६ र प्रदेश सभाका सदस्य ५३ जना गरी २ सय २९ जना  मतदाता रहेका थिए। 

राष्ट्रिय जनता पार्टीबाट कैलालीको क्षेत्र नम्बर १ बाट निर्वाचित दुईजना सांसदले भने मतदान गरेका छैनन्।  राजपाका  प्रदेश सांसद कृष्णकुमार चौधरी र मालती राना थारूले मतदान गरेका छैनन्। 

यस कारण आएनन् राजपाका सांसद 

राष्ट्रिय सभाको निर्वाचनका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरिएको भए पनि १२:४५ मा ९९ प्रतिशत मतदानको कार्य सम्पन्न भएको छ।  राजपाका दुईजना सांसदले भने मदतान नगर्ने सांसद मालती रानाथारूले बताइन्। थारूले भनिन्, ‘हाम्रो उम्मेदवार पनि थिएन, कुनै दलले भोट पनि मागेनन् त्यसैले हामीले मतदान गरेनौँ।’  उनले थपिन् ‘हामीले निर्वाचन बहिष्कार गरेका पनि छैनौँ, उम्मेदवार नभएका कारण हामी नगएका मात्र हौँ।’

चारजनाबीच प्रतिस्पर्धा 

प्रदेश ७ मा बुधबार सम्पन्न हुने राष्ट्रिय सभाको निर्वाचनमा दुई पदका लागि चारजना उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुनेछ।  राष्ट्रिय सभामा वम तथा लोकतान्त्रिक गठबन्धनका चारजना उम्मेदवारका बीचमा प्रतिस्‍पर्धा हुने भएको छ।  

दलित तथा अपांग/अल्पसंख्यकतर्फका उम्मेदवारबीच प्रतिस्‍पर्धा हुने भएको हो। दलिततर्फ नेपाली कांग्रेसका शेरिराम पार्की र  एमालेका तर्फबाट चक्रप्रसाद स्नेहीबीच प्रतिस्पर्धा हुनेछ भने अपांगता भएका तथा अल्पसंख्यकका तर्फबाट नेपाली कांग्रेसका छत्रराज जोशी र माओवादीका महेशकुमार महराबीच प्रतिस्पर्धा हुनेछ। 

यस्तो हुन सक्छ मत परिणामको अंक गणित 

वाम गठबन्धनमा मतदाता १ सय ४० जना मतदाता छन् भने नेपाली कांग्रेसका ८९ जना मतदाता रहेका छन्।   गठबन्धनका ३९ जना सांसदको १ हजार ८ सय ७२ भोट र १ सय १ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुखका १ हजार ८ सय १८ मत प्राप्त हुन सक्नेछ। त्यसैगरी, नेपाली कांग्रेसको १२ जना प्रदेश सभाका सांसदको ५ सय ७६ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखका १ हजार ३ सय १४  भोट हुने अनुमान गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.