|
विराटनगरस्थित वीरेन्द्र सभागृहमा जारी प्रदेश १ को मतगणना।

विराटनगर : भर्खरै सम्पन्न राष्ट्रियसभा निर्वाचनअन्तर्गत प्रदेश १ को मतगणना सुरु भएको छ। ४ बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम ६ बजेसम्ममा आउने निर्वाचन कार्यालयले जानकारी दिएको छ। विराटनगरस्थित वीरेन्द्र सभागृहमा मतगणना जारी छ।

 ९३ जना प्रदेश सांसदमध्ये ९२ जना प्रदेशसभाका सांसदले भोट खसालेका छन् भने १३७ स्थानीय तहका २ सय ७४ प्रतिनिधिमध्ये २७२ जनाले मत खसालेका छन्। राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना सांसद भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने २ जना सांसदका लागि निर्वाचन भएका हुन्।

अपांगता भएका वा अल्पसंख्यकबाट वाम गठबन्धनका अगमप्रसाद बान्तवा राई र कांग्रेसका महेश जाजु, यस्तै दलितबाट बाम गठबन्धनका तर्फबाट खेम नेपाली र कांग्रेसका तर्फबाट विन विश्वकर्माले प्रतिस्पर्धामा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.