|

दाङ : तुलसीपुरमा मोटरसाइकलको ठक्करवाट घाइते भएका तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका बुबाको मृत्यु भएको छ। 

तुलसीपुरमा बुधबार भएको सवारी दुर्घटनामा प्रमुख पाण्डेका बुबा टेकबहादुर पाण्डेको निधन भएको हो। तुलसीपुरको रजौरामा रा३प ८७२४ नम्बरको मोटरसाइकलले दिउँसो ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। घाइते पाण्डेको राप्ती अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि कोहलपुर लैजाने क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

ठक्कर दिने बाइक चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।  स्वर्गीय पाण्डेका एक छोरा र एक छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.