|

उत्तर कोरियाली पूर्व शासक किम जोङ उनकी बहिनी किम यो–जोङ दक्षिण कोरियामा शुक्रबारदेखि सुरु हुने विन्टर ओलम्पिकमा सहभागी हुनका लागि जाने भएकी छन्।

दक्षिण कोरियाली एक मन्त्रीले दिएको जानकारीअनुसार उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरिया दुवैले एउटै कोरियाली झण्डासहित मार्चपास गर्ने कार्यक्रम रहेको छ। किम यो–जोङ उत्तर कोरियाका पूर्व शासक किम जोङ–उनकी सबैभन्दा कान्छी छोरी हुन्। उनलाई गत वर्ष मात्रै वर्कर्स पार्टीको पोलिटब्युरो सदस्यमा चयन गरिएको थियो। 

किम जोङ–उन र किम यो–जोङ दुवै एउटै आमाका सन्तान हुन्। उनी उत्तर कोरियाका वाणिज्य प्रमुख किम योङ–नामसँग दक्षिण कोरिया जान लागेकी हुन्। 

आफ्ना दाजु किमभन्दा ४ वर्ष कान्छी उनले स्विट्जरल्यान्डमा अध्ययन गरेकी हुन्। उनले पार्टीको प्रचार विभागका बसेर आफ्ना दाजुको छवि जोगाउनमा भूमिका खेल्दै आएकी छन्। उनी दक्षिण कोरिया जाने अड्कल धेरै अघि नै गरिएको भए पनि धेरै कमले मात्रै उनी जाने अनुमान गरेका थिए। 

उनी दक्षिण कोरिया जाने पहिलो किम परिवारकी सदस्य हुनेछन्। दोस्रो विश्वयुद्धपछि उत्तर र दक्षिण कोरिया विभाजित भएपछि किमका ३ पुस्ताले शासन गरे पनि परिवारका कुनै पनि सदस्य दक्षिण कोरिया गएका थिएनन्। उनको यो भ्रमणबाट उत्तर कोरिया दक्षिण कोरियासँग सम्बन्ध सुधारका लागि गम्भीर रहेको संकेत मिलेको दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन्। 

आफ्ना दाजुको निकै निकट रहेर काम गर्दै आएकी उनले कुनै सन्देश लिएर जाने र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इनसँग भेटवार्ता गर्ने अनुमान गरिएको छ। यद्यपि, उनलाई अमेरिकाले मानवअधिकार हननमा दोषी ठहर गर्दै प्रतिबन्ध लगाएका कारण यात्रामा सहजता भने छैन। 

तथापि, राष्ट्रसंघको प्रतिबन्धको सूचीमा भने उनी छैनन्। किम यो–जोङलाई उद्घाटन समारोहमा सामेल गर्नका लागि दक्षिण कोरियाले अमेरिका र अन्तर्राष्ट्रिय समुदायको अनुमति लिनुपर्नेछ। २८० सदस्यीय उत्तर कोरियाली प्रतिनिधिमण्डल बुधबार नै दक्षिण कोरिया पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.