|
प्रदेश ४ को राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना गरिँदै

कास्की : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश ४ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कुल आठजना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट नेपाली कांग्रेसकी बिन्दादेवी आले (राना) तथा नेकपा (एमाले)का दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी निर्वाचित भएका क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

त्यस्तै दलित तर्फबाट नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक निर्वाचित भएका छन्। अन्य समूहका तीन जनामा कांग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीनानाथ शर्मा विजयी भएका छन्।

अपाङ्गतर्फबाट कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए। बुधबारको मतदानमा कुल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.