|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित दुई जलविद्युत् आयोजनाले साढे दुई अर्ब रुपैयाँको सेयर निष्कासन गर्ने भएका छन्। चिलिमेले सहायक कम्पनी बनार र सुवामा निर्माण गरिरहेको १ सय ११ मेगावाटको रसुवागढी र ५७ दशमलव तीन मेगावाटको साञ्जेन जलविद्युत् आयोजनलो २ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेका हुन्।

आगामी आइतबार निस्कासन गर्न लागिएको सेयर अन्तरगत २ करोड ४४ लाख ९६ हजार रुपैयाँ बराबरको कित्ता सेयर वितरण गर्न लागिएको छ। विद्युत् प्राधिकरणका कर्मचारी निर्देशक एवं चिलिमे कम्पनी सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले दुवै आयोजनाको सेयर वितरण गर्न लागिएको र छिट्टै प्राधिकरणको सहायक कम्पनीले अघि बढाएको माथिल्लो तामाकोसी र चिलिमेको अर्को योजना भोटेकोसीको सेयर निष्कासन गर्न लागिएको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.