|

काठमाडौं : धरानमा जारी २०अाैं बुढासुब्बा गोल्डकपको अन्तिम सेमिफाइनलमा थ्रीस्टार क्लबले भारतको दुर्गापुर स्टिलसँग प्रतिस्पर्धा गर्दैछ।  

यसअघि बुधबार भएको पहिलो सेमिफाइनमा प्रहरीले संकटा क्लबलाई २–१ गोल अन्तरले हराउँदै फाइनमा स्थान पक्का बनायो। हालैमात्र पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि जितेको प्रहरीमा अधिकांश युवा खेलाडीको वर्चस्व छ।

युवा खेलाडीको उच्च मनोबलका साथ मैदानमा उत्रिएको प्रहरीले खेलको ५५ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै अग्रता लिएका थिए । त्यसको १० मिनेटपछि संकटाका खेलाडी प्रकाश बुढाथोकीले बराबरी गोल फर्काए। निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो।

धरान रंगशालामा भएको खेलकाे अतिरिक्त समयको १० औं मिनेटमा प्रहरीका बुद्ध लामाले निर्णायक गोल गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.