|

कञ्चनपुर : कृष्णपुर नगरपालिका २ वनहरा नदीको पुलमा हिँडिरहेका बेला जीपले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ।

बा १३ च ३९०४ नम्बरको जीपले ठक्कर दिँदा बिहीबार पैदल यात्रु अन्ताजी ३० बर्षिय हजारी विकको मृत्यु भएको हो।

विकलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

मृतकको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.