|

जापान : उत्तर कोरिया र अमेरिका लामो समयदेखि वाकयुद्धमा छन्। यसैबीच अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले बुधबार उत्तर कोरियामाथि अर्को वाक हमला गरेका छन्। उनले भनेका छन्,‘प्योंगयांग (उत्तर कोरिया)को शासनलाई आउँदै गरेको ओलम्पिक हाईज्याक गर्ने अनुमति  दिइने छैन।’

जापानमा भाषण गर्दैगर्दा उनको यस्तो अभिव्यक्ती आएको हो। पेन्सका अनुसार अमेरिकाले जापानसँग मिलेर उत्तर कोरियालाई दबाब दिने रणनीति बनाएको छ। उनले उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा मुस्किल तथा आक्रामक आर्थिक प्रतिबन्ध लगाउने घोषणा समेत गरेका छन्।

पेन्स तीन दिने जापान भ्रमणमा छन्। उनले जापानमा अमेरिकी सेना समेत तैनाथ गरिएको बताएका छन्। माइ पेन्सले प्योंगच्यांग ओलम्पिकको सुरुवाती समारोहमा हिस्सा लिने कार्यक्रम छ। विन्टर ओलम्पिक शुक्रबारबाट दक्षिण कोरियाको प्योंगच्यागमा सुरु हुँदैछ। 

यस ओलम्पिकमा दक्षिण कोरिया र उत्तर कोरियाले उद्घाटन समारोहमा कोरियाको एकिकृत झन्डामुनी मार्चपास गर्ने कार्यक्रम छ। त्यस्तै, आईस हक्की खेलको महिलातर्फको प्रतिस्पर्धामा दक्षिण र उत्तर कोरियाको संयुक्त टोलीले प्रतिस्पर्धा गर्नेछ। 

अमेरिका र उत्तर कोरियाबीच भने आणविक कार्यक्रमलाई लिएर बेला–बेला वाकयुद्ध हुने गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङलाई ‘रकेटम्यान’ भनेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.