|

झापा : सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिरहेको बताएका छन्। प्रवक्ता शर्माले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा नदिए पनि हुने दाबी समेत गरे। 

बिहीबार गृह जिल्ला झापाको बिर्तामोड पुगेका प्रवक्ता शर्माले स्थानीय संचारकर्मीसँग संवैधानिक प्रक्रियाका कारणले मात्रै नयाँ सरकार गठन गर्न ढिलाई भएको पनि स्पष्ट पारे।

प्रवक्ता शर्माले भने, ‘नयाँ सरकार गठनका लागि नै सरकारले प्रदेश प्रमुख तथा अस्थायी राजधानी तोकेको र  राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गरेको हो।’ 
प्रवक्ता शर्माले निर्वाचनमा भएको हारबाट सिकेर पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने दृढता पनि व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.