|

रौतहट : विश्व मातृभाषा दिवशको अवसरमा विगत ३ वर्षदेखि मनाइँदै आएको बज्जिका भाषा विकास समारोह यस वर्ष पनि भव्यताका साथ मनाइने भएको छ।

रौतहटको सदरमुकाम गौर नगरपालिकाको सभाहलमा बिहीबार ग्रामीण शिक्षा विकास नेपाल रौतहट (रेड नेपाल)ले आयोजना गरेको तयारी समितिको बैठकले बज्जिका भाषा र संस्कृतिको उत्थानका लागि जिल्लाभरि विभिन्न किसिमको कार्यक्रमहरूको आयोजना गरी समारोह भव्यताका साथ संचालन निर्णय गरेको छ। 

जिल्ला समन्वय समिति रौतहटका उपप्रमुख रामआशिष राय यादवको अध्यक्षतामा बसेको बैठकले मातृभाषाको जगेर्ना तथा संस्कृतिको संरक्षणका लागि बज्जिका भाषा विकास समारोहको परिकल्पना भई नियमित रूपमा मनाइँदै आएको र यस वर्ष पनि हर्षोल्लासका साथ समारोह संचालन गर्ने निर्णय गरिएको हो। 

बज्जिका भाषा विकास समारोह, २०७४ लाई सफल पार्न जिल्लाका सबै विद्यालयहरूमा मातृभाषा कविता, हाजिरी जवाफ, निबन्धप्रतियोगिता, अन्तर्क्रियालगायतका कार्यक्रमहरू संचालनका लागि अनुरोध गर्ने तथा समारोह संचालन हुने फागुन ९ गते बिहान प्रभातफेरीपश्चात दिउँसो समारोह संचालन हुने आयोजक संस्थाका सल्लाहकार एवम् समारोह संचालन समितिका संयोजक योगेन्द्रप्रसाद यादवले जानकारी दिए। 

समारोह सफल पार्नका लागि आयोजना गरिने जिल्लाका सबै स्थानीय निकाय तथा देशमा संचालनमा रहेका दातृ निकायहरू तथा व्यक्तिहरूमा समारोह एवम् समारोहसम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहयोग जुटाउन तथा समारोह संचालन गर्न बैठकले योगेन्द्र यादवको संयोजकत्वमा सरोजकुमार लाल दास, रामसागर साह, विपीनविहारी सिंह, राकेशकुमार यादवलगायत रहेको ९ सदस्यीय समारोह संचालन समिति गठनसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.