|

इलाम : इलामको माङ्सेबुङमा जारी आठौँ पवित्रहाङ्मा महिला गोल्डकप खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा माङ्सेबुङ युथ सोसाइटी माङ्सेबुङ इलाम विजयी भएको छ। 

माङसेबुङले पारिजात महिला फुटबल क्लब सालबारी झापालाई ४–० गोल अन्तरले पराजित गरेको हो। 

पारिजातलाई निरन्तर दबाबमा राखेको माङ्सेबुङले खेलको पाँचौँ मिनेटमा सुस्मिता लेप्चाको गोलले खाता खोल्यो। 

खेलको २४औँ मिनेटमा रिमा तामाङले गोल गर्दै अग्रता दोब्बर पारिन्। पहिलो हाफको २८औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लेप्चाले माङ्सेबुङलाई ३–० को अग्रता दिलाइन्। 

दोस्रो हाफको तेस्रो मिनेटमा प्रियंका खवासले गोल गरेपछि ४–० को जीत निकाल्दै माङ्सेबुङ सेमिफाइनल प्रवेश गरेको छ। 

शुक्रबार हुने खेलमा ताप्लेजुङ फुटबल संघ ताप्लेजुङ र केएनके सुरुङ्गा झापाबीच प्रतिस्पर्धा हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.