|

कञ्चनपुर : भीमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय पंकज बिष्टलाई प्रहरीले लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ। विष्टलाई महेन्द्रनगर बजारको बसपार्क क्षेत्रबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर सेटीले बताए।

शंकास्पद अवस्थामा हिँडिरहेका बिष्टलाई चेकजाँच गर्दा २ सय ८० मिलीग्राम खैरो हिरोइन बरामद भएको प्रहरी नायव उपरीक्षक सेटीले जानकारी दिए। पक्राउ परेका बिष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य अगाडि प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.