|

विराटनगर : प्रदेश १ को संसदीय दलको नेता चयनका लागि एमाले नेता शेरधन राई र भीम आचार्यले मनोनयन दर्ता गराएका छन्। आचार्यको समर्थक प्रस्तावकमा गणेश काङबाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् भने राईको समर्थक प्रस्तावकमा हिक्मत कार्की (झापा) र जगदिस कुसियत (सुनसरी) रहेका छन्।

जिल्ला समन्वय समितिको कार्यालय विराटनगरमा शुक्रबार (आज) बिहान ११ बजेपछि मनोनयन दर्ता भएको हो। एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री हुनेछन्। मुख्यमन्त्रीमा दाबी गर्दै आएका एमाले नेता जीवन घिमिरेले भने सहमतिको प्रयासका लागि भन्दै मनोनयन दर्ता गराएनन्।

संसदीय दलको नेताका दाबेदार राई र आचार्यले भने अडान नछाडेपछि निर्वाचनमार्फत नेता चयन हुने भएको हो। एमाले पार्टीभित्र आचार्य माधवकुमार नेपाल समूहका हुन्। भने राई पार्टीको संस्थापन पक्ष अर्थात केपी ओली समूहका हुन्।

११ बजेदेखि मनोनयन दर्ता, दाबिविरोध लगायतका निर्वाचन प्रक्रिया सुरु भएर ३:३० बजे मतदानसम्पन्न हुने नेकपा एमाले मोरङ जिल्ला अध्यक्ष विनोद ढकालले जानकारी दिए। संसदीय दलको नेता बन्न २६ मत आवश्यक पर्छ। ढकालका अनुसार मतदान सकिएलगत्तै परिणाम आउने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.