|

सिन्धुपाल्चोक : राष्ट्रियसभाको निर्वाचन बुधबार सम्पन्न भयो। सिन्धुपाल्चोकबाट राष्ट्रियसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट सिंहबहादुर विश्वकर्मा पनि उम्मेदवार बनेका थिए। पार्टीले बिकलाई सिफारिस गरेको थियो। गत वैशाखमा भएको स्थानीय  तहको  निर्वाचनमा वडा सदस्यमा पराजित भएका विक राष्ट्रियसभा विजयी भएका छन्।

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीका पूर्वसदस्य र हालको सल्लाहकार समितिका सदस्य रहेका छन्। विकले ६ हजार ८ सय ५८ मत ल्याएर राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशरण नेपालीले २ हजार ५ सय ३८ मात्रै मत ल्याएका थिए।

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ७ का विक स्थानीय तहको निर्वाचनमा वडा नम्बर ७ बाट वडा सदस्यमा पराजित भएका थिए। तर, अहिले उनै विक राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भएका छन्।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएपश्चात् सांसद विकले थाहा खबरसँगको टेलिफोन कुराकानी भने, ‘पार्टीमा ०३६ सालबाट लागेँ। अहिले राष्ट्रियसभा सांसदसम्म हुन पुगेँ’ उनले हास्दै भने, पहिलो वडा सदस्यमा हारेको थिएँ राष्ट्रियसभा सदस्य बन्न पो रहेछ।

‘म एउटा सामान्य परिवारमा जन्मेको मान्छे, पार्टीमा लागेर राष्ट्रियसभा सदस्य सम्म भएको छु’ विकले भने, ‘हिजो जुन भूमिका थिए, अहिले मेरो जिम्मेवारी बढेको छ। जसका लागि जनताको सेवामा निरन्तर लाग्छु। दलित भए पनि अब आफ्नो दलित हक हितको लागि मात्र नभएर पूरै जनताको पक्षमा लाग्नेछु।

को हुन् सिंहबहादुर?

सिंहबहादुरको जन्म पिता समानसिंह विक र माता तीर्थमायाबाट ०२० मा भएको हो। सामान्य दलित परिवारमा जन्मेका सिंहबहादुरको बालापन दुःखमै बित्यो।

१६ वर्षको उमेरबाट राजनीतिमा होमिएका सिंहबहादुर ०३९ मा विद्यार्थी संगठन (अनेरास्ववियु)को सदस्य बने। एसएलसी उत्तीर्ण गरेपछि नेपाल ओरिएन्ट म्याग्नेसाइटमा आबद्ध भए।

०४७ मा नेपाल स्वतन्त्र मजदुर युनियनको अध्यक्ष भए। करिब ९ वर्षसम्म अध्यक्ष पदको जिम्मेवारी निर्वाह गरे। त्यहीँ रहेर ०५८ सालमा सामाजिक क्षेत्रमा निरन्तर रूपमा लागे। विभिन्न सामजिक कार्यमा सक्रिय रहँदा स्थानीय शान्ति समिति सिन्धुपाल्चोकको उपाध्यक्षसमेत भएका थिए।

निरन्तर पार्टीमा लागेर सामाजिक सेवामा अहोरात्र खटिएका विक ०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा पराजित भएका थिए। तर, अहिले राष्ट्रियसभा सदस्य बनेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.