|

काठमाडौं : २५ फागुनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मंगलम’को ट्रेलर रिलिज गरिएको छ। सार्वजनिक ट्रेलरमा प्रेम, रोदन, एक्सन जस्ता कुराहरूलाई जोडिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार शिल्पा पोखरेल, पुष्पल खड्का र पृथ्वीराज प्रसाईं फिचरिङ छन्। गेस्ट रोल निर्वाह गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि ट्रेलरमा देख्न सकिन्छ।

छविराज प्रोडक्सनको व्यानरमा निर्मित मंगलमलाई नवल खड्काले निर्देशन गरेका छन्। छविराज ओझा कार्यकारी निर्माता रहेको यस फिल्ममा दिजेन्द्र शाक्य र साकार ओझाको लगानी रहेको छ। शिल्पा पोखरेल प्रस्तुतकार्ता रहेको यस फिल्ममा दीपक शर्माको संगीत, गोविन्द फुयाँलको कथा, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ।

फिल्मका २ गीत सार्वजनिक भइसकेका छन्। 'पर्खपर्ख मायालु' बोलको गीत युट्युबमा हिट भइसकेको छ भने 'बम्पर उपहार' बोलको गीत पनि दर्शकको रोजाइको गीत बनेको छ।

हेर्नुहोस् ट्रेलर :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.