|

विराटनगर : प्रदेश १ को मुख्यमन्त्रीमा को हुने भन्ने विवाद अन्तत चुनावी प्रक्रियाबाट टुंगिएको छ। एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्।

केपी ओली समूहका राईले माधव नेपाल समूहका भीम आचार्यलाई पराजित गरेका हुन्। शुक्रबार अपरान्ह भएको निर्वाचनमा राईले २६ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी आचार्यले २४ मत ल्याए। एक मत भने बदर भएको थियो।

संसदीय दलको नेताको चयन सो दलका प्रदेश सांसदहरुले गर्दछन्।  

संसदीय दलको नेता चयनसँगै राईलाई मुख्यमन्त्रीको बाटो खुलेको हो। प्रदेश १ मा वाम गठबन्धनको स्पष्ट बहुमत छ। यो प्रदेशमा मुख्यमन्त्री एमालेले पाउने सहमति गठबन्धनबीच भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.