मनोरञ्जन

फागुन २५ मा आउने 'गाजा बाजा'को ट्रेलर रिलिज
SHARES

माघ २६, २०७४

    काठमाडौं : फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘गाजा बाजा’को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार युट्युबमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी जेनरमा निर्माण भएको यस फिल्मको ट्रेलरमा सुशील सिटौला, अनुपम शर्मा र वर्षा सिवाकोटी फिचरिङ छन्।  

    नामको कारण निर्माण घोषणादेखि नै निकै विवादमा मुछिएको यस फिल्मलाई गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। दीपेन्द्र रेग्मी र गोमा थापा विष्टको संयुक्त लगानीमा तयार भएको यस फिल्ममा वर्षा, अनुपम र सुशीलसँगै रविन थापा, अम्बर सुवेदी, उद्धव भट्टराई, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याललगायतको अभिनय रहेको छ।

    'डीआर फिल्म्स' र 'टुका इन्टरटेनमेन्ट'को व्यानरमा निर्माण भएको यस फिल्ममा निख एण्ड जटाको संगीत, याकोपो रास्लिकको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहेको छ।

    हेर्नुहोस् ट्रेलर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]