|

भद्रपुर (झापा) : प्रहरीले झापाको काँकडभिट्टाबाट लागूऔषध खैरो हिरोइनसहित २ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका–७ दोखु घर भइ हाल झापा अर्जुनधारा–६ का २७ वर्षीय रविन लिम्बू र  अर्जुनधारा–६ का २१ वर्षीय मनिष मोक्तान रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट १२ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरेको छ। भारतको पश्चिम बंगालस्थित पानीट्ंयाकी बजारबाट नेपालतर्फ आउँदै गरेको को १० ७५६९ नम्बरको बुलेट मोटरसाइकलमा सवार उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मुख्य नाकामा चेकजाँच गर्दा खैरो हिरोइन बरामद गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.