|

हेटौंडा :  हेटौंडामा ३ नम्बर प्रदेशका सांसदहरुले पाउने सुविधा थपिँदै गएको छ। सांसदहरुका लागि हेटौंडा उपमहानगरिपालिको नेतृत्वमा धेरै सुविधा थपिने भएको हो।

प्रदेशसभा बैठकका लागि हेटौंडा आएका सांसदहरुले होटल तथा लजमा ४० प्रतिशत छुट पाइरेका छन्। प्रदेश सांसदहरुलाई भाडामा बस्नका लागि घर खोज्नुपर्ने गरी काम थालिएको छ। यहाँका सरकारी घरमा सांसदहरुलाई राख्ने तयारी र उनीहरुलाई सहुलियतमा घडेरी उपलब्ध गराउने उपमहानगरपालिकाले निर्णय गरेको छ।

सांसदहरुलाई उपमहानगर क्षेत्रमा घर बनाउन घडेरी दिने भएको छ। हेटौडा नगर विकासको स्वामित्वमा रहेको जग्गालाई प्रदेश सांसदहरुलई घडेरीका रुपमा दिन सर्वदलीय निर्णय भएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.