|

सुनसरी :  सुनसरी सदरमुकाम इनरुवामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आफैंले चलाएको  को ३० प २९९३ नम्बर मोटरसाइकल इनरुवा– ९ बबियामा दुर्घटना हुँदा सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्बरको मृत्यु भएको हो।

उपचारका क्रममा सुनसरी जिल्ला अस्पताल इनरुवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यसैबिच यसैगरी धरान– १३ स्थित कोशी राजमार्गमा शुक्रबार नै को १ ह ६२७१ नम्बरको टेम्पु र को १४ प ५०३७ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक धरान–१६ का दिपककुमार श्रेष्ठ घाइते भएका हुन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको इलाका प्रहरी कार्यलय धरानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.