|

पोखरा : प्रदेश ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसकेका छन् भने भने आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नेछन्। 

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी सम्हालेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा. बुद्धिसागर पौडेलले पनि जिम्मेवारी सम्हालेका छन्। 

मन्त्रालयमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा स्थापित भएका छन् भने उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा, भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा र सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.