|

चितवन : अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को सुरुवात सुखद हुन सकेन। शुक्रबार प्रदर्शनमा आएको उक्त चलचित्रले पहिलो दिन हल भरिने अनुमान थियो। चितवनमा शुक्रबार मध्याह्नको प्रदर्शन हेर्ने दर्शक सामान्य रहे। यसअघिका चलचित्र ऐश्वर्य, प्रेम गीत–२ र म यस्तो गीत गाउँछु कै हाराहारीमा दर्शक आए।

संवाद र पटकथा जम्न नसक्दा चलचित्र कमजोर भएको दर्शक सूर्य अधिकारी बताउँछन्। सुरुवात सहज र अन्त्य वियोगान्तले अलि खल्लो बनाएको अधिकारी बताउँछन्।

यद्यपि, आज शनिबार दर्शकको भिड बढ्ने अनुमान निर्माण समूहको छ। अभिनेता अनमोल केसीको शीर्ष भूमिका रहेको चलचित्रको प्रस्तुतिमा फकरशैली अपनाउने प्रयास भए पनि वियोगान्त प्रेम कहानीले युगल जोडीलाई खिन्न पार्छ।

द्वन्द्व मन पराउने दर्शकका लागि भने बदलाको कथा समेटिएको उक्त चलचित्र उत्कृष्ट हुन सक्छ। तर, द्वन्द्व चाहिनेभन्दा बढी रहेको फिल्म हेरेपछि चलचित्र पत्रकार रवि अधिकारीले प्रतिक्रिया दिए। उत्कृष्ट बनाउने कोसिस भने देखिएको उनको भनाइ छ। चन्द्र पन्तद्वारा निर्देशित एक्सनले ‘कृ’को शाख जोगाउला? प्रश्न खडा भएको छ।

बेलायती लाउरेको कथा जोडिएको उक्त फिल्ममा कुनै बेलायतको दृष्य नदेखाइनु चलचित्रकै लागि दुखद छ। रोमान्टिक भूमिकामा खेल्दै आएका अनमोल ‘कृ’मा भने एक्सन अवतार लिएर प्रस्तुत भएका छन्। द्वन्द्वलाई फिल्म हेरेका दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

तर डेब्यु नायिका अदितिको ठाउँमा साम्राज्ञी राज्यलक्ष्मी शाहलाई दिएको भए अझै उत्कृष्ट हुने प्रतिक्रिया दर्शकको छ। कौतूहल जगाउन सक्ने कयाँै सिनमा निर्देशक चुकेका छन्।

चितवनको इन्द्रदेव हलका म्यानेजर हरि रेग्मी गोलमाल जस्तो देखिए पनि चलचित्र हेर्न सुरु गरेपछि दर्शकलाई पट्यार नलाग्ने खालको रहेको बताउँछन्।

‘कृ’कै लागि शरीर बनाउन निकै मिहिनेत गरेकाले अनमोल पछिल्लो केही महिना मिडियामा नआएको चर्चा थियो। तर, फिल्ममा उनको इन्ट्री प्रतिक्षित नहुँदा सुरुमै दर्शकलाई असहज लाग्छ।

बच्चामा हुर्किएको प्रेम जोगाउन लाहुरेले अनेक प्रयत्न गर्छन्। विभिन्न अवरोधहरु आइपर्छ। अपहरणमा परेकी केशर र लाहुरेको भेट के हुन्छ? यही फिल्म सस्पेन्स बनाउन खोजिएको छ। अपहरण सहज देखाउनु कमजोरी रहेको पत्रकार अधिकारी बताउँछन्।

वियोगान्त फिल्ममा द्वन्द्व उत्कृष्ट बनाउने कोसिस देखिन्छ। ‘कृ’मा राखिएका ‘यतीयती पानी’ उकालीमा अघिअघि, जानी नजानी, गीतले फिल्मलाई उत्कृष्ट बनाउन मद्धत गरेको छ। नायक अनमोल र नवनायिका अदिति बुढाथोकी मुख्य भूमिकामा छन्। सुवास इन्टरटेनमेन्टको निर्माण र द काजोल फिल्मको प्रस्तुति रहेको ‘कृ’लाई भुवन केसी र सुवास गिरीले निर्माण गरेका हुन्।

यसमा सरोज खनाल र रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, लक्ष्मी गिरी, अमित गिरीलगायत कलाकार छन्। दुई रुपमा प्रस्तुत भएका नायक केसीमै फिल्म घुमेको छ।  सुरेन्द्र पौडेलको कथा तथा निर्देशमा चलचित्र बनेको हो। पुरुषोत्तम प्रधानले छायांकन गरेको उक्त चलचित्रमा प्रदीप भारद्वाज र आशिष रेग्मीको पटकथा तथा रेनशा वान्तवाको नृत्य निर्देशन छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.