|
फाइल फोटो

कास्की :  आइतबारदेखि प्रदेश ४ का सबै मन्त्रालय सञ्चालनमा आउने भएका छन्।
यो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय स्थापना गरिएको छ।

आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना गरिएको छ। मन्त्रालय राख्नको लागि केही नयाँ भवन र केही पुराना सरकारी कार्यलयका भवनहरुलाई चिटिक्क पारिएको छ।

कुन मन्त्रालय कहाँ

  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा आन्तरिक मामिला र आर्थिक मामिला मन्त्रालय सीप विकास केन्द्रको नवनिर्मित भवनमा।
  • उद्योग, पर्यटन र वन मन्त्रालय क्षेत्रीय वन निर्देशनालयको भवनमा।
  • भौतिक पूर्वाधार मन्त्रालय शहरी विकास डिभिजन कार्यालयको भवनमा।
  •  सामाजिक विकास मन्त्रालय क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा राखिएको छ। 

यो पनि पढ्नुस् : प्रदेश ४ का ७ मन्त्रालयका सचिव: कुन मन्त्रालयको जिम्मेवारी कसलाई? 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.