|
फाइल फोटो

कास्की :  आइतबार(भोलि) देखि संचालनमा आउन प्रदेश ४ का सबै मन्त्रालय लयका लागि सचिवको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता झलकराम सुवेदीका अनुसार केही मन्त्रालयमा सचिवले जिम्मेवारी सम्हालिसकेका छन्।

उनका अनुसार केहीले भने आइतबार जिम्मेवारी सम्हाल्नेछन्। जसअनुसार आर्थिक मामिला मन्त्रालयका सचिव विष्णुराज ढकाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव भरतप्रसाद अर्याल र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेले आइतबार जिम्मेवारी सम्हाल्नेछन् गरी तय गरिएको छ।

यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रुपमा लक्ष्मण अर्यालसहित सचिवद्वय लालमणि ओझा र धर्मराज कुइँकेलले जिम्मेवारी पाएका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवमा फणीन्द्रमणि पोखरेल र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवमा डा. बुद्धिसागर पौडेलले जिम्मेवारी सम्हालेका छन्। 

यो पनि पढ्नुस् : भोलिदेखि प्रदेश ४ का सबै मन्त्रालय सञ्‍चालनमा आउने, कुन मन्त्रालय कहाँ स्थापना गरियो? 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.