|

चितवन : धादिङ जिल्लाको सलाङघाट स्थित त्रिशुली नदीमा जिप खस्दा  बेपत्ता भएकाको उद्धार गर्न खटिएका ससस्त्र प्रहरीका हवल्दार तारानाथ चापागाई त्रिशूलीमा डुबेर गम्भीर बनेका छन्। उनी चितवनस्थित कुरिनटारमा रहेको  ससस्त्र प्रहरीको विपद व्यवस्थापन टोलीका हवल्दार हुन्।

 सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको शव निकालेपछि अरू बेपत्ता भएका २ जनालाई खोज्ने क्रममा उनी डुवेको धादिङ प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।

कपिलवस्तुको चन्दौटाबाट काठमाडौं जाँदै गरेको बा२झ ३१४० नम्बरको जिप धादिङ बेनिघाट रोराङ गाउँपालिका १४को सलाङघाटस्थित सडकबाट जीप आज विहान राती त्रिशूलीमा खसेको थियो

जिप खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव, उनका छोरा सन्तोष यादव र अर्का एकजना आफन्त बेपत्ता भएकामा सचिव यावदको शव निकालिएको छ।

सो दुर्घटनामा चालक निरञ्जन यादव घाईते भएको र उनको उद्धार पछि उपचारका लागि काठमाडौ पठाईएको प्रहरीले जनाएको छ। चितवन कुरिनटारको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली सहित प्रहरीले बेपत्ताको खोजी जारी खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.