|

कालिकोटः जुम्लाको धौलीघाटमा निर्माणाधीन खानेपानी आयोजना ८ वर्षमा पनि सकिएको छैन। वर्षौदेखि आयोजनाको प्रतिक्षामा रहेका स्थानीय आयोजना निर्माण नहुँदा थप समस्यामा परेका छन्। 

यस आयोजनकाबाट लाभान्वित ४४ हजार उपभोक्ताले आयोजनाका बन्ने आशमा वैकल्पिक उपाए समेत खोज्न सकेका छैनन्। आयोजनाको सम्झौता भएको ८ वर्ष बितिसक्दा पनि अहिलेसम्म च्याम्बर, इन्टेक र पर्खाल निर्माणबाहेक अन्य काम हुन सकेको छैन।

मुहानमा ८ लाख लागतमा इन्टेक र ५ लाखको पानी मुहान संकलन च्याम्बर निर्माण गरिएको धौलीघाट बहुउद्देश्यीय खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष राजबहादुर खत्रीले बताए। '७ लाख लागतमा पर्खाल निर्माण भएको हो,। आयोजनास्थलसम्म सडक सञ्जाल नपुग्दा सामग्री ढुवानीमा समेत समस्या भएको छ।’ उनले भने। 

खानेपानी आयोजना सम्पन्न नहुँदा तातोपानी र गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका ४३ हजार ५५५ जना उपभोक्ता समस्यामा परेका छन्। यो आयोजना २०६६ सालमा सुरु गरिएको थियो। 

बजेट फ्रिज
आर्थिक वर्ष २०७१/७२ मा १ करोड रुपैयाँ विनियोजन भएकोमा ७३ लाख ६७ हजार खर्च भएको र २३ लाख ३३ हजार फ्रिज भयो। 

आर्थिक वर्ष २०७२/७३ मा १ करोड ६० लाख आएकोमा ७९ लाख ४६ हजार खर्च भयो भने ८० लाख बजेट फ्रिज गएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.