|

महोत्तरी : महोत्तरीको दुई छुट्टाछुट्टै ठाउँमा भएको ट्रयाक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक बच्चा र ट्रयाक्टर चालक रहेका छन्।

गौशाला नगरपालिका–१ स्थित रामनगरमा उखु लोड गरेर एभरेस्ट चिनी मिल जाँदै गरेको ज१त ३७१६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भएर पल्टिँदा ट्रयाक्टर चालक सर्लाहीे चन्द्रनगर गाउँपालिका–३ घर भएका २५ वर्षीय पुनित महतोको को मृत्यु भएको हो।

उनको घटनास्थलमै आफैले चलाएको ट्याक्टरमा च्यापियर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर भोला भट्टले बताए।

 त्यस्तै, लोहारपट्टि नगरपालिका–४ महदैयामा इँटा भट्टामा खेली रहेका बच्चालाई सोही इँटा भट्टाको ट्रयाक्टरले ठक्कर दिँदा एक २ वर्षीय बालकको मृत्यु भएको छ।

 विश्वेश्वरप्रसाद साहको इँटाभट्टामा ज१त ७६७० नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा इँटा भट्टामा काम गर्ने भारतीय नागरिक ननो मोहमदको छोरा कासिम मोहमदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

खेलिरहेको अवस्थामा  कासिमलाई ट्रयाक्टरले ठक्कर दिएर घाइते भएका बच्चाको उपचारको लागि अञ्चल अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.