|

दमक(झापा) : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चुनावमा कमजोर परिणाम आएकै भरमा कांग्रेस नआतिने बताएका छन्। उनले कांग्रेसलाई उर्जा प्रदान गर्न हालसम्मको परिपाटी परिवर्तन जरुरी रहेको बताएका छन्। 

अब प्रतिपक्षमा रहेर संगठन सुदृढिकरणमा कांग्रेस केन्द्रित हुने शर्माको भनाई छ। शनिबार नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ले गौरिगञ्ज गाउँपालिकामा गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेला लाई सम्बोधन गर्दै प्रवक्ता शर्माले अहिलेसम्मको परिपाटिलाई परिर्वतन गर्दै अब नयाँ ढंगले कांग्रेसलाई स्थापित गर्नु पर्ने बताए।

 कार्यक्रममा अगुवा कार्यकर्ताहरुले राखेको जिज्ञासाको जवाफ दिँदै नेता शर्माले अबको ५ बर्ष कांग्रेस सभ्य प्रतिपक्षिको भुमिकामा रहेर आफ्नो संगठन निर्माणमा लाग्ने धारणा राखे। काग्रेसका कार्यकर्ताहरुको ध्यान पदमा मात्र नभई पार्टी संगठन र सदृढीकरणमा लाग्नु पर्ने उनको भनाई थियो।

पार्टी भित्र भएका गल्ति र कम्जोरीलाई औल्याउन सहज हुने तर सच्याउन समस्या हुने भएकाले सुधारका लागि कार्यकर्ताहरु नआत्तिन उनले आग्रह गरे। ‘एउटा चुनावको परिणाम कमजोर हुँदैमा कांग्रेस आतिदैन बरु नयाँ ढंगबाट पार्टीलाई सुदृढ बनाउन लाग्नु पर्छ’ शर्माले भने। 

कांग्रेसको नेतृत्वमा मुलुकका हरेक परिवर्तन संभव भएको भन्दै मुलुकको अहिलेको आर्थिक र समाजिक परिवर्तन पनि कांग्रेसकै कारण सम्भव भएको शर्माले बताए। 

कांग्रेसका संस्थापक नेता बिपी कोईराला प्रधानमन्त्री भएकै समयमा कांग्रेसले समावेशीताको अभियान सुरु गरेको भन्दै नेता शर्माले पछिल्लो समय संबिधान जारी भएपछि मधेसमा रहेको असन्तुष्टि पनि कांग्रेसलेनै संवोधन गरेको दावी गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.